मुख्य सामग्रीमा जानुहोस्

कलङ्की र बेलबारीमा जुवा खेलिरहेका १२ जना पक्राउ

काठमाडौं महानगरपालिका–१४ कलङ्कीमा जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको छ। सोही दिन साँझ मोरङको बेलबारीमा कौडा खेलिरहेका चार जना पक्राउ परेका छन्। दुवै घटनामा प्रहरीले नगद र खेल सामग्री…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

१पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
कलङ्की र बेलबारीमा जुवा खेलिरहेका १२ जना पक्राउ
Nagariknetwork

काठमाडौंको कलङ्की र मोरङको बेलबारीमा जुवातास तथा कौडा खेलिरहेको अवस्थामा प्रहरीले बुधबार १२ जनालाई पक्राउ गरेको छ। छुट्टाछुट्टै स्थानमा भएका यी कारबाहीमा खेलमा प्रयोग भएका सामग्री र नगदसमेत बरामद गरिएको छ।

काठमाडौं महानगरपालिका–१४ कलङ्कीमा बिहान भएको कारबाहीमा धादिङ घर भई हाल कलङ्की बस्ने ४० वर्षीय अर्जुन ढुङ्गानासहित आठ जना पक्राउ परेका छन्। उनीहरूबाट ६१ हजार ३१० रुपैयाँ नगद र पाँच बुक तास बरामद भएको प्रहरीले जनाएको छ।

यसैगरी मोरङको बेलबारी नगरपालिका–११ नलबारीस्थित बाँसघारीमा साँझ जुवा (कौडा) खेलिरहेका बेला कानेपोखरी गाउँपालिका–२ बस्ने ५१ वर्षीय खमानसिङ लिम्बुसहित चार जनालाई पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनीहरूसँग ४५ हजार ८२५ रुपैयाँ र ११ थान कौडा फेला पारेको छ।

यी दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।