मुख्य सामग्रीमा जानुहोस्

सत्यमा टिकिरहँदा तिर्नुपर्ने मूल्य चुकाउन तयार हुनुपर्छ : डा. शशांक कोइराला

नेपाली कांग्रेसको देउवा समूहद्वारा गठित १५औं महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले सत्यनिष्ठ रहँदा पर्ने मूल्य चुकाउन नेता तयार हुनुपर्ने बताएका छन् । सत्ताको दुरूपयोग गर्नेलाई उनले राजनीतिमा आउन नहुने धारणा…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
सत्यमा टिकिरहँदा तिर्नुपर्ने मूल्य चुकाउन तयार हुनुपर्छ : डा. शशांक कोइराला
Online Khabar

नेपाली कांग्रेसको देउवा समूहद्वारा गठित ‘१५औं महाधिवेशन आयोजक समिति’का संयोजक डा. शशांक कोइरालाले आफूले मानेको विश्वासमा अडिग रहन सक्नु नै राजनीतिको मुख्य आधार भएको बताएका छन् । शनिबार काठमाडौं क्षेत्र नम्बर ४ मा आयोजित समूहको क्षेत्रीय अधिवेशन उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

कोइरालाका भनाइमा राजनीतिमा सत्यको बाटोमा उभिनु मात्र पर्याप्त हुँदैन । सत्यमा अडिरहँदा बेहोर्नुपर्ने मूल्य चुकाउन पनि तयार हुनुपर्छ भन्ने उनको भनाइ थियो ।

राजनीतिको प्रयोजन सत्ताको भोग विलास नभई जनताको सेवा हो भन्दै उनले सत्ताको दुरूपयोग गर्ने व्यक्तिहरू राजनीतिमा प्रवेश गर्नु नहुने पनि स्पष्ट पारे ।

पूर्वमहामन्त्री समेत रहेका कोइरालाले मूल्य–मान्यता तथा विधि–पद्धतिको राजनीति पछि पर्दै गई सत्ता, शक्ति र पैसा हाबी हुन थालेपछि निर्वाचनहरू महङ्गो बन्दै गएको औंल्याए ।