दोहा, १५ जुलाई
नेपाली रक्तदाता संघ, कतार (Nepalese Blood Donors Association, Qatar) को आयोजनामा आगामी जुलाई २४ तारिखका दिन संस्थाको सातौँ स्थापना दिवस तथा चौथो अधिवेशन २०२६ भव्य रूपमा सम्पन्न हुने भएको छ।
"रक्तदान: जीवनदान" र "हाम्रो विश्वव्यापी अभियान, जहाँ नेपाली त्यहाँ रक्तदान" भन्ने मूल नाराका साथ स्थापित अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ (INBDA) सँग आबद्ध यस संस्थाले कतारमा क्रियाशील नेपाली समुदायमा रक्तदानको चेतना फैलाउने उद्देश्यले स्थापना दिवस र नयाँ नेतृत्व चयनका लागि अधिवेशन गर्न लागेको हो।
आयोजक समितिका अनुसार उक्त कार्यक्रम कतारको एशियन टाउनस्थित प्लाजामलमा रहेको वेलफेयर रेस्टुरेन्टमा आयोजना गरिनेछ। कार्यक्रम आगामी जुलाई २४, २०२६ (शुक्रबार) का दिन दिउँसो ठीक १:०० बजे सुरु हुनेछ। कार्यक्रममा कतारमा रहेका विभिन्न नेपाली संघ-संस्थाका प्रतिनिधि, भद्रभलाद्मी, सामाजिक अभियन्ता तथा रक्तदाताहरूको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ।







