अमेरिकाको एटलान्टामा भएको फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनल खेलमा साविक विजेता अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ । अब अर्जेन्टिनाको सामना स्पेनसँग हुनेछ ।
सेमिफाइनलमा अर्जेन्टिनाको पुनरागमन
इंग्ल्यान्डले खेलमा पहिले अग्रता लिएको थियो । तर एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजको गोलको मद्दतले अर्जेन्टिनाले पुनरागमन गर्दै जित निकाल्यो । यो सातौं पटक सेमिफाइनलमा पुगेको अर्जेन्टिना सेमिफाइनलमा अपराजित छ ।
फाइनल र तेस्रो स्थानको खेल
फाइनल खेल आगामी २० जुलाई सोमबार विहान अमेरिकाको न्यु योर्क न्युजर्सी स्टेडियममा हुनेछ । यस्तै तेस्रो स्थानका लागि आइतबारको खेलमा फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।
अर्जेन्टिनाको यात्रा
अर्जेन्टिनाले समूह चरणमा अल्जेरियालाई ३–०, अस्ट्रियालाई २–० र जोर्डनलाई ३–१ ले हराएको थियो । समूह विजेता बनेको अर्जेन्टिनाले राउण्ड अफ ३२ मा केप भर्डेलाई अतिरिक्त समयमा ३–२, प्रि क्वाटरफाइनलमा इजिप्टलाई ३–२ र क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले पराजित गरेको थियो ।
स्पेनको यात्रा
सन् २०१० को विजेता स्पेन समूह चरणमा केप भर्डेसँग ०–० बराबरी भएपछि साउदी अरेबियालाई ४–० र उरुग्वेलाई १–० ले हराएको थियो । राउण्ड अफ ३२ मा अस्ट्रियालाई ३–०, प्रि क्वाटरफाइनलमा पोर्चुगललाई १–० र क्वाटरफाइनलमा बेल्जियमलाई २–१ ले हराएको स्पेन अपराजित छ । सुपर सब मिकेल मेरिनोले प्रि क्वाटरफाइनल र क्वाटरफाइनलमा निर्णायक गोल गरेका थिए ।






