मुख्य सामग्रीमा जानुहोस्

दाङको गौशालामा ६०० बढी गाईको सामूहिक पूजा

गाई तिहारको दिन दाङको बेलझुण्डीस्थित गौशालामा रहेका ६०० भन्दा बढी गाईको सामूहिक पूजा गरिएको छ । सोही अवसरमा लक्ष्मीको हवन पूजा गरिएको र दाताले गाईलाई खाना उपलब्ध गराएको फाउन्डेसनले जनाएको छ ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

१पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
दाङको गौशालामा ६०० बढी गाईको सामूहिक पूजा
Online Khabar

यमपञ्चकको तेस्रो दिन गाई तिहारका अवसरमा दाङको बेलझुण्डीस्थित गौशालामा रहेका ६०० भन्दा बढी गाईको सामूहिक पूजा गरिएको छ । सोमबार योगी आदित्यनाथ फाउन्डेसनद्वारा सञ्चालित उक्त गौशालामा स्थानीयवासीको सहभागितामा सामूहिक गाईपूजा सम्पन्न भएको हो ।

फाउन्डेसनका अध्यक्ष भोलानाथ योगीका अनुसार गाई तिहारको दिन गौशालामै बसेर सामूहिक पूजा गर्ने परम्परा हरेक वर्ष निभाइँदै आएको छ । यस वर्ष पनि सोही परम्पराअनुसार पूजा गरिएको उनले बताए ।

गाईपूजाकै दिन गौशालामा लक्ष्मीको हवन पूजासमेत गरिएको थियो । साथै विभिन्न दाताले गाईका लागि खाना उपलब्ध गराएका थिए ।

विश्वविद्यालयको जग्गा भाडामा लिएर गौशाला सञ्चालनमा ल्याइएको छ । अध्यक्ष योगीका अनुसार गौशाला चलाउन निकै चुनौती छन् र गाईगोरुको खानपान व्यवस्थापनमा समस्या पर्ने गरेको छ । विभिन्न दाताको सहयोगकै भरमा गौशाला सञ्चालन भइरहेको उनको भनाइ छ ।