मुख्य सामग्रीमा जानुहोस्

भाइटीकाको दिन सशस्त्र प्रहरीका निःशुल्क बसमा २ हजार ४८६ यात्रु

तिहारको भाइटीकाका दिन सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यका र भक्तपुरमा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो । सो सेवाबाट २ हजार ४८६ जना यात्रुले लाभ लिएका छन् । चाडपर्वमा सार्वजनिक यातायातको अभाव कम गर्ने…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
भाइटीकाको दिन सशस्त्र प्रहरीका निःशुल्क बसमा २ हजार ४८६ यात्रु
Online Khabar

२५ कात्तिक, काठमाडौं । तिहारअन्तर्गत भाइटीकाको दिन सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यका र भक्तपुर क्षेत्रमा चलाएको निःशुल्क बस सेवाबाट २ हजार ४८६ जनाले यात्रा गरेका छन् । चाडपर्वका बेला सार्वजनिक सवारी साधन कम सङ्ख्यामा मात्र चल्ने भएकाले आम नागरिकको आवतजावत सहज बनाउन सशस्त्र प्रहरीले उक्त सेवा सञ्चालन गरेको थियो ।

बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको सेवामा काठमाडौंको रिङरोड क्षेत्रमा चलेका बसबाट १ हजार ७६६ जनाले यात्रा गरे भने भक्तपुरसम्म पुग्ने बसमा ७२० जना चढेका थिए । सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट छुटेका दुई बसले बेग्लाबेग्लै रुटमा यात्रु ओसारपसार गरेका थिए ।

तीमध्ये एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै विभिन्न स्थानमा सेवा दिएको थियो । अर्को बसले सीतापाइला, कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै यात्रुलाई गन्तव्यसम्म पुर्‍याएको थियो ।

यसैगरी स्वयम्भूबाट भक्तपुरसम्म चलेको बसले स्वयम्भू, कलंकी, बानेश्वर, कोटेश्वर, पेप्सिकोला, सानोठिमी, पुरानोठिमी, सल्लाघारी र लोकन्थली हुँदै पुनः बानेश्वर, कलंकी र स्वयम्भूसम्म आउने–जाने गरी सेवा प्रदान गरेको थियो ।

दसैँ र तिहारजस्ता चाडपर्वमा सार्वजनिक यातायातको अभावलाई न्यूनीकरण गरी नागरिकलाई सहजै यात्रा गर्न सक्ने वातावरण दिने उद्देश्यले सशस्त्र प्रहरीले यस्तो निःशुल्क बस सेवा सञ्चालन गर्दै आएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।