मुख्य सामग्रीमा जानुहोस्

भीमफेदी दुर्घटनामा मृतक संख्या १४ पुग्यो, थप तीन जनाको पहिचान खुल्यो

मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा २६ कार्तिक बिहान भएको ईभी गाडी दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ। खोजीका क्रममा थप तीन जनाको शव भेटिएपछि प्रहरीले उनीहरूको पहिचान सार्वजनिक गरेको हो।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

१पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
भीमफेदी दुर्घटनामा मृतक संख्या १४ पुग्यो, थप तीन जनाको पहिचान खुल्यो
Online Khabar

मकवानपुरको भीमफेदी गाउँपालिकाअन्तर्गत पर्ने चिसापानी गढीमा २६ कार्तिक बिहान भएको ईभी गाडी दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ। दुर्घटनास्थलमा खोजीकार्य जारी रहेकै बेला थप तीन जनाको शव फेला परेपछि मृतक संख्या बढेको प्रहरीले जनाएको छ।

प्रहरी नायव उपरीक्षक माधव काफ्लेका अनुसार पछि भेटिएका तीनै जना सर्लाहीको शुक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका बासिन्दा हुन्। उनीहरूमा ३५ वर्षीय राकेश यादव, २८ वर्षीय छोटु राय र अन्दाजी १७ वर्षका सुधेश यादव छन्।

मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी गाडी सडकबाट अन्दाजी ५०० मिटर तल खसेको थियो। दुर्घटनाको समयमा गाडीमा चालकसमेत गरी २० जना सवार थिए। तीमध्ये ११ जनाको घटनास्थलमै ज्यान गएको थियो र उनीहरूको पहिचान यसअघि नै खुलेको थियो। घटनामा छ जना घाइते भएका छन्।

यी हुन् पहिचान खुलेका मृतक

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ज्यान गुमाउनेमा चालकसहित ६ पुरुष, दुई महिला र तीन बालिका छन्। चालक सर्लाहीको कबिलासी गाउँपालिका–८ का करिब ३० वर्षीय रविशंकर कुमार मण्डल हुन्। बाँकी मृतक सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर टोलका रहेको प्रहरीले जनाएको छ।

डिएसपी काफ्लेका अनुसार पहिचान खुलेर सार्वजनिक भएका अन्य मृतकहरू यी हुन् :

  • बिकेश यादव, २६ वर्ष

  • पुनम यादव, ३५ वर्ष

  • दिक्षा यादव, ७ वर्ष

  • दिपिका यादव, ५ वर्ष

  • अनुकुमारी यादव, १० वर्ष

  • गुड्डु यादव, अन्दाजी ३५ वर्ष

  • गायत्री देवी, ३० वर्ष

  • रामदुलार यादव, २५ वर्ष

  • सुबोध यादव, २४ वर्ष

  • रोहन यादव, १५ वर्ष

  • एउटै गाडीमा सवार रहेका बढी संख्याका यात्रु सर्लाहीको एउटै गाउँपालिकाका बासिन्दा रहेको प्रहरी विवरणले देखाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।