मुख्य सामग्रीमा जानुहोस्

त्रिवि मैदानमा एनपीएलको रोमाञ्च : लुम्बिनी–कर्णाली भिडन्त हेर्न दर्शकको भीड

नेपाल प्रिमियर लिगको खेल हेर्न बिहीबार पनि त्रिवि क्रिकेट मैदानमा ठूलो संख्यामा दर्शक पुगेका छन् । आ–आफ्नो टिमलाई समर्थन गर्दै दर्शकले मैदानको माहोल उत्साहजनक बनाएका छन् ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
त्रिवि मैदानमा एनपीएलको रोमाञ्च : लुम्बिनी–कर्णाली भिडन्त हेर्न दर्शकको भीड
Online Khabar

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत साविक विजेता लुम्बिनी लायन्स र कर्णाली याक्सबीचको खेल बिहीबार त्रिवि क्रिकेट मैदानमा जारी छ । यो खेल हेर्न आज पनि ठूलो संख्यामा दर्शक मैदान पुगेका छन् र दर्शकदीर्घा खचाखच भरिएको छ ।

उपस्थित दर्शकले आ–आफ्नो समर्थनमा रहेको टिमलाई निरन्तर हौसला दिइरहेका छन् । खेलको क्रममा चौका, छक्का वा विकेट पर्दा दर्शकदीर्घाबाट ठूलो आवाज गुञ्जिने गरेको छ, जसले मैदानको वातावरणलाई थप उत्साहित बनाएको छ ।

दर्शकले कुनै एक पक्षलाई मात्रै ऊर्जा दिइरहेका छैनन्, आफै पनि खेलको रमाइलो लिइरहेका छन् । खेलका बीचमा पर्ने ओभर ब्रेक, ड्रिंक ब्रेक र इनिङ ब्रेकमा बज्ने गीतको तालमा उनीहरू नाचेर मनोरञ्जन गर्ने गरेका छन् ।

एनपीएलका खेलहरूमा दर्शकको उपस्थितिले क्रिकेट मैदानको माहोल मात्रै रोचक बनेको छैन, खेल हेर्न आउनेका लागि यो सामूहिक रमाइलोको अवसर पनि बनेको छ । त्रिवि क्रिकेट मैदानमा जारी यो भिडन्तमा दर्शकको सहभागिताले प्रतियोगिताको चर्चा थप बढाएको छ ।