मुख्य सामग्रीमा जानुहोस्

धनगढी–१५ मा मोटरसाइकल र स्कुटर ठोक्किँदा स्कुटरचालकको मृत्यु, पाँच घाइते

कैलालीको धनगढी उपमहानगरपालिका–१५ मा मोटरसाइकल र स्कुटर एकापसमे ठोक्किएका छन्। दुर्घटनामा स्कुटरचालकको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार एकै परिवारका तीन र स्कुटरमा सवार दुई जना घाइते भएका छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

१पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
धनगढी–१५ मा मोटरसाइकल र स्कुटर ठोक्किँदा स्कुटरचालकको मृत्यु, पाँच घाइते
Nagariknetwork

कैलालीको धनगढी उपमहानगरपालिका–१५ मा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्। धनगढीबाट फूलबारीतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स्कुटर ठोक्किएपछि उक्त दुर्घटना भएको हो।

दुर्घटनामा स्कुटर चलाइरहेकी धनगढी उपमहानगरपालिका–५ तारानगरकी ३५ वर्षीया सुशीला बम गम्भीर घाइते भएकी थिइन्। बुधबार साँझ भएको दुर्घटनापछि धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचाररत बमको शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

दुर्घटनामा मोटरसाइकल चालक धनगढी–१४ का २६ वर्षीय प्रवीण चौधरी, उनकी २२ वर्षीया श्रीमती अञ्जली चौधरी र सात वर्षीया छोरी ममता चौधरी घाइते भएका छन्। यसैगरी स्कुटरमा सवार धनगढी–५ तारानगरका २४ वर्षीय सरोज मल्ल र २२ वर्षीया बविता मल्ल पनि घाइते भएका प्रहरीले जनाएको छ।

घाइतेहरूको अवस्था र उपचारबारे प्रहरीले थप विवरण सार्वजनिक गरेको छैन। दुर्घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी कार्यालयले जनाएको छ।