मुख्य सामग्रीमा जानुहोस्

कोप–३१ मा नेपाली टोलीको नेतृत्व गरेर परराष्ट्रमन्त्री खनाल स्वदेश फर्किए

परराष्ट्रमन्त्री शिशिर खनालले नोभेम्बर ९ देखि २० सम्म टर्कीमा भइरहेको कोप–३१ का उच्चस्तरीय बैठक तथा छलफलमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् । सम्मेलनको अन्तिम साताको बैठक तथा वार्तामा भने कृषि, वन तथा…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

१पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
कोप–३१ मा नेपाली टोलीको नेतृत्व गरेर परराष्ट्रमन्त्री खनाल स्वदेश फर्किए
Online Khabar

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१औं सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका परराष्ट्रमन्त्री शिशिर खनाल टर्कीको अन्ताल्याबाट स्वदेशतर्फ प्रस्थान गरेका छन् । सम्मेलन सकिनुअघि नै उनी फर्किएका हुन् ।

नोभेम्बर ९ देखि २० सम्म टर्कीमा आयोजना भइरहेको कोप–३१ का विभिन्न उच्चस्तरीय बैठक तथा छलफलमा मन्त्री खनाल सहभागी भएका थिए । उनी शुक्रबार इस्तानबुल हुँदै शनिबार काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

सम्मेलनको अन्तिम साताका बैठक तथा वार्तामा भने कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन् । अन्ताल्याबाट स्वदेश फर्किएपछि कोप–३१ मा नेपालको प्रतिनिधित्वको नेतृत्व सोही अनुसार हस्तान्तरण हुने देखिन्छ ।