नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले जनकपुर बोल्ट्समाथि ४ विकेटको जित निकाल्दै प्लेअफ पुग्ने आफ्नो सम्भावना जीवितै राखेको छ। शुक्रबारको दोस्रो खेलमा चितवनले पाएको ८८ रनको लक्ष्य १७.२ ओभरमै पूरा गर्यो।
टस जितेर पहिले ब्याटिङ रोजेको पहिलो सिजनको च्याम्पियन जनकपुर निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८८ रनमै रोकियो। ब्याटिङका लागि कठिन रहेको पिचमा चितवनले लक्ष्यसम्म पुग्न भने सहजै सफलता पाएन, तर बाँकी रहेको १६ बल खेल्नुअघि नै जित सुनिश्चित गर्यो।
यो नतिजापछि चितवनले ६ खेलबाट ७ अंक जोडेको छ। प्लेअफमा स्थान पक्का गर्न उसले अन्तिम खेलमा कर्णाली याक्सलाई पराजित गर्नुपर्ने हुन्छ।
जनकपुरमाथिको यही जितले जनकपुर र कर्णाली दुवैलाई आधिकारिक रूपमा प्लेअफ दौडबाट बाहिर पुर्याइदिएको छ।







