मुख्य सामग्रीमा जानुहोस्

धनुषाको पिडारीचोकमा टिपरको ठक्करबाट स्कुटर चालक नवीन चौधरीको मृत्यु

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ पिडारीचोकमा बिहीबार टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीको मनरासिस्वा नगरपालिका–५ कटैयाका २० वर्षीय नवीन चौधरी रहेका छन्। प्रहरीले टिपर चालकलाई…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
धनुषाको पिडारीचोकमा टिपरको ठक्करबाट स्कुटर चालक नवीन चौधरीको मृत्यु
Nagariknetwork

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारीचोकमा बिहीबार टिपरले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीको मनरासिस्वा नगरपालिका–५, कटैया बस्ने २० वर्षीय नवीन चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

प्रहरीका अनुसार पिडारीचोकबाट रत्नसागरतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–०१० प ४०६९ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७५०४ नम्बरको टिपरले ठक्कर दिएको थियो। ठक्करपछि स्कुटर चालक चौधरीको त्यहीँ ज्यान गएको प्रवक्ता खनालले बताए।

दुर्घटनामा ज्यान गुमाएका चौधरीको शव परीक्षणका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको छ। घटनालगत्तै प्रहरीले टिपर चालक महोत्तरीको भङ्गहा नगरपालिका–७, सितापुरका २२ वर्षीय सचिनकुमार सिंहलाई नियन्त्रणमा लिएको जनाएको छ।

दुर्घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।