मुख्य सामग्रीमा जानुहोस्

सिमखोलामा बाढीले बगाएका स्कुटर चालकको शव फेला

मकवानपुरको कुलेखानी बाँध नजिकै सिमखोलामा गएको सोमबार बाढीले बगाएका माहेशकुमार कार्कीको शव बिहीबार बिहान फेला परेको छ। उनको स्कुटर मंगलबार फेला परेको थियो। संयुक्त खोजी अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
सिमखोलामा बाढीले बगाएका स्कुटर चालकको शव फेला

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ स्थित सिमखोलामा गएको सोमबार बाढीले बगाएका एक व्यक्तिको शव बिहीबार बिहान फेला परेको छ। मृतकको पहिचान सर्लाहीका माहेशकुमार कार्कीको रूपमा भएको छ।

गएको सोमबार दिउँसो करिब ३ बजे अचानक आएको बाढीले कार्की आफ्नो स्कुटरसहित बगिएका थिए। घटनापछि सुरक्षाकर्मीले तत्काल खोजी सुरु गरे पनि बाढीको बहाव तीव्र र मौसम प्रतिकूल भएकाले उद्धार प्रभावित भएको थियो।

खोजी टोलीले मंगलबार बिहान घटनास्थलदेखि करिब २०० मिटर तल स्कुटर (बागमती प्रदेश ०२-०३२ प ८०५४) फेला पारेको थियो। स्कुटरको अवस्था निकै क्षतविक्षत थियो। पछि यातायात व्यवस्था कार्यालयको अभिलेखका आधारमा स्कुटर कार्कीको नाममा दर्ता रहेको पुष्टि भएको थियो।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले बिहीबार बिहान सोही स्थानबाट करिब २०० मिटर तल बालुवामा गाडिएको अवस्थामा शव फेला पारेको मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक माधव काफ्लेले जानकारी दिए। घटनास्थलमा उपस्थित परिवारजनले शवको पहिचान गरेको उनले बताए।