मुख्य सामग्रीमा जानुहोस्

एमालेको राष्ट्रिय भेला कार्की ब्याङ्क्वेटमा सुरु हुँदै, ३४ सय १४ प्रतिनिधिको सहभागिता

नेकपा (एमाले)ले काठमाडौंको थापाथली हाइटस्थित कार्की ब्याङ्क्वेटमा राष्ट्रिय भेला आयोजना गरेको छ, जहाँ देशभरबाट ३४ सय १४ प्रतिनिधि सहभागी हुँदै छन्। भेलाले राष्ट्रिय राजनीतिको दिशा र आउँदो स्थानीय तह निर्वाचनको तयारीबारे…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

२पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
एमालेको राष्ट्रिय भेला कार्की ब्याङ्क्वेटमा सुरु हुँदै, ३४ सय १४ प्रतिनिधिको सहभागिता
Nagariknetwork

नेकपा (एमाले)को राष्ट्रिय भेला काठमाडौंको थापाथली हाइटस्थित कार्की ब्याङ्क्वेटमा उद्घाटन हुने क्रममा छ। देशभरबाट ३४ सय १४ प्रतिनिधि सहभागी हुने यो भेलाका लागि प्रतिनिधिहरू भेलास्थलमा भेला हुँदै छन् भने हाजिरी लिने र परिचयपत्र वितरण गर्ने काम धमाधम भइरहेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओली उद्घाटन समारोहस्थलमा पुगिसकेका छन्। भेलाको उद्घाटन अध्यक्ष ओलीले गर्ने र उनले विशेष सम्बोधन पनि गर्ने कार्यक्रम छ। त्यसैगरी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्बोधन रहने जनाइएको छ। पार्टीमा औपचारिक पुनरागमनपछि भण्डारीको यो पहिलो विशेष सम्बोधन हुनेछ।

उद्घाटन सत्रमा उपाध्यक्षद्वय रामबहादुर थापा 'बादल' र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

पुराना वामपन्थी नेताहरूको उपस्थिति

भेलामा पुराना वामपन्थी नेताहरू मोहनचन्द्र अधिकारी, वाचस्पति देवकोटा, हरिचरण सिवाकोटी र विजयलाल श्रेष्ठ सहभागी भएका छन्। विजयलाल नेकपाका संस्थापक महासचिव पुष्पलालका भाइ हुन्।

भेलाको एजेन्डा

राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा दिने र स्थानीय तहको निर्वाचनको पूर्वतयारी गर्ने उद्देश्यले भेला आयोजना गरिएको बताइएको छ। पार्टी जीवनमा स्थानीय कमिटी तहदेखि केन्द्रीय कमिटीसम्म र संसद्देखि पालिकासम्मका प्रतिनिधि सहभागी हुने यो पहिलो भेला हो।

२०८२ भदौ २३–२४ मा भएको जेनजी उपद्रवपछि मुलुकमा उत्पन्न राष्ट्रिय राजनीतिक निकासबारे भेलामा बहस हुनेछ। भेलाले राजनीतिक कार्यदिशा, आउँदो स्थानीय तहको निर्वाचनको पूर्वतयारीमा प्रशिक्षण तथा पार्टीको राजनीतिक लाइनमा एकरुपताको सन्देश दिने जनाइएको छ।

गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयको कार्यान्वयनमा एकरुपता ल्याउने विषय र पार्टीले गर्नुपर्ने १५ कामको जिम्मेवारी तथा कार्यसम्पादनसम्बन्धी छलफल पनि भेलामा हुनेछ।

भेलामा केन्द्रीय कमिटीका सदस्य, प्रदेश र जिल्लाका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष, जनसंगठन र केन्द्रीय निकायका प्रतिनिधि, संघीय तथा प्रदेशका सांसद्हरू एवं स्थानीय तहका प्रमुख र उपप्रमुखहरू सहभागी हुने बताइएको छ।