मुख्य सामग्रीमा जानुहोस्

सेयर बजारमा ३५ महिनायताकै उच्च कारोबार, नेप्से २३६४ मा पुग्यो

काठमाडौं, २ साउन: बुधबार नेप्से परिसूचक ५४.०४ अंक बढेर २३६४.६३ विन्दुमा पुग्दा सेयर बजारमा ३५ महिनायताकै उच्च कारोबार भएको छ । यो दिन १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँको कारोबार भएको हो । यसअघि २०७८ भदौ १५ गते १३ अर्ब १६…

Tej Poudel

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
सेयर बजारमा ३५ महिनायताकै उच्च कारोबार, नेप्से २३६४ मा पुग्यो

काठमाडौं, २ साउन: बुधबार नेप्से परिसूचक ५४.०४ अंक बढेर २३६४.६३ विन्दुमा पुग्दा सेयर बजारमा ३५ महिनायताकै उच्च कारोबार भएको छ । यो दिन १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँको कारोबार भएको हो । यसअघि २०७८ भदौ १५ गते १३ अर्ब १६ करोड रुपैयाँको कारोबार भएको थियो ।

आज ३०६ स्टकको १ लाख ४९ हजार ६८१ पटकको कारोबारमा ३ करोड २० लाख ९५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । कारोबारमा आएका २०४ कम्पनीको शेयरमूल्य बढ्दा ३२ को घट्यो भने ६ को स्थिर रह्यो ।

सबै क्षेत्रका सूचकहरु बढेका छन् । बैंकिङ २.०८, विकास बैंक ४.०९, फाइनान्स ५.५०, होटल तथा पर्यटन ५.५५, हाइड्रोपावर १.७१, लगानी १.५३, जीवन बीमा २.१८, उत्पादन ३.०२, माइक्रोफाइनान्स १.८४, निर्जीवन बीमा ३.३४, अन्य १.३६ तथा व्यापार समूह ७.३ प्रतिशत बढेका छन् ।