मुख्य सामग्रीमा जानुहोस्

नियमावली त्रुटि सच्याउन शैक्षिक परामर्श व्यवसायीको प्रदर्शन

शैक्षिक परामर्श व्यवसायी संयुक्त संघर्ष समितिले शिक्षा नियमावली २०८३ मा त्रुटि रहेको भन्दै विरोध प्रदर्शन गरेको छ। समाधान नभएमा कार्यालयको चाबी जिल्ला प्रशासनमा बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी दिइएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:eKantipur

शैक्षिक परामर्श व्यवसायी संयुक्त संघर्ष समितिले आजदेखि आन्दोलन थालेको छ। काठमाडौंको पुतलीसडक चोकमा उनीहरूले प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ का त्रुटि सच्याउन माग गरेका छन्।

प्रदर्शनमा उनीहरूले 'शिक्षा सबैका लागि, सरोकारवालासँग छलफल गर- त्यसपछि निर्देशिका लागू गर', 'स्वदेशी वा विदेशी शिक्षा रोज्ने स्वतन्त्रता हाम्रो', 'नियमावलीका त्रुटि तत्काल सच्याइयोस्', 'धरौटी होइन, नियमन चाहियो' जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

समितिले आन्दोलनबाट समाधान ननिस्किएमा सबै कन्सल्टेन्सी व्यवसायीले कार्यालयको चाबी जिल्ला प्रशासन कार्यालयमा बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने जनाएको छ।