मुख्य सामग्रीमा जानुहोस्

अविरल वर्षाले देशभरका राजमार्ग अवरुद्ध, कान्तिलोकपथ भने सञ्चालनमा

अविरल वर्षाले देशका प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्। मकवानपुरको कान्तिलोकपथ भने खुलिसकेको छ। बिपी राजमार्ग, मेची राजमार्ग, अरनिको राजमार्गलगायतका सडकमा यातायात ठप्प छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
अविरल वर्षाले देशभरका राजमार्ग अवरुद्ध, कान्तिलोकपथ भने सञ्चालनमा

अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुंगा खस्ने तथा हिलोले यातायात प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार मकवानपुरको कान्तिलोकपथ भने पहिरो पन्छाएपछि आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। उक्त सडकखण्डमा बुधबार साँझ सडकमाथिबाट पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो।

काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने खुर्कोट–नेपालथोक–कटुन्जेबेँसीस्थित बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरस्थित कान्तिलोकपथमा पनि वर्षायामको जोखिमका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग हिलो हुँदा पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त बाटोको वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ। अर्घाखाँचीको पाणिनि गाउँपालिका–२ सालझन्डी–ढोरपाटन सडकखण्डमा ढुंगा खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलोस्थित अरनिको राजमार्ग पहिरोले अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ। सडक विभाग तथा अन्य निकायले अवरुद्ध सडक खुलाउने प्रयास जारी राखेको प्रहरीले बताएको छ।