मुख्य सामग्रीमा जानुहोस्

कर्णाली प्रदेश अस्पतालमा पाँच वर्षमा नौ जनाको सफल मिर्गौला प्रत्यारोपण

कर्णाली प्रदेश अस्पताल सुर्खेतले पाँच वर्षको अवधिमा नौ जनाको सफल मिर्गौला प्रत्यारोपण गरेको छ। पछिल्लो पटक असार २३ गते दुई जनाको प्रत्यारोपण गरिएको थियो।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
कर्णाली प्रदेश अस्पतालमा पाँच वर्षमा नौ जनाको सफल मिर्गौला प्रत्यारोपण

वीरेन्द्रनगर — कर्णाली प्रदेश अस्पताल सुर्खेतले पछिल्लो पाँच वर्षमा नौ जनाको सफल मिर्गौला प्रत्यारोपण गरेको जनाएको छ। अस्पतालले २०७८ चैत १० गते काठमाडौंको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँग सम्झौता गरी सेवा सुरु गरेको थियो।

अस्पतालकी सूचना अधिकारी अनिता ज्ञवालीका अनुसार पछिल्लो पटक गत असार २३ गते सुर्खेत वीरेन्द्रनगर नगरपालिका–६ का शिवराज गुइँदेल र कञ्चनपुरको बेलौरी नगरपालिका–५ का अजय चौधरीको मिर्गौला प्रत्यारोपण सफल भएको छ।

प्रत्यारोपणका लागि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका विशेषज्ञ चिकित्सक डा. दिपेश श्रेष्ठ, डा. शोभित थापा, डा. रुवसनाथ योगी र डा. रोजन अधिकारी सहितको टोली सहभागी थियो।