मुख्य सामग्रीमा जानुहोस्

विराटनगर भन्सारको राजश्व असुली लक्ष्यभन्दा १४.४८ प्रतिशत कम

विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ का लागि तोकिएको ४१ अर्ब ३४ करोड रुपैयाँ राजश्व लक्ष्यको ८५.५२ प्रतिशत मात्र असुल गरेको छ। अघिल्लो वर्षको ८०.५१ प्रतिशतको तुलनामा यो ५.०१ प्रतिशत बिन्दुले बढी हो। तर,…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
विराटनगर भन्सारको राजश्व असुली लक्ष्यभन्दा १४.४८ प्रतिशत कम

विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/०८३ मा निर्धारण गरिएको राजश्व लक्ष्यको ८५ दशमलव ५२ प्रतिशत मात्र संकलन गर्न सकेको छ। कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठका अनुसार गत आर्थिक वर्षका लागि ४१ अर्ब ३४ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य तोकिएको थियो, जसमध्ये ३५ अर्ब ३६ करोड रुपैयाँ मात्र असुल भएको हो।

यद्यपि, अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा राजश्व असुलीको प्रतिशतमा सुधार देखिएको छ। अघिल्लो वर्ष विराटनगर भन्सारले लक्ष्यको ८० दशमलव ५१ प्रतिशत राजश्व मात्र संकलन गरेको थियो। यस आधारमा चालु वर्षको असुली दर ५ दशमलव ०१ प्रतिशत बिन्दुले बढेको श्रेष्ठले बताए।

तर, लक्ष्यको करिब ६ अर्ब रुपैयाँ बराबर राजश्व संकलन हुन नसक्दा निर्धारित लक्ष्य भने पूरा हुन सकेन। लक्ष्यको तुलनामा असुलीमा सुधार आए पनि राजश्व संकलन अझ प्रभावकारी बन्न नसकेको सरोकारवालाको भनाइ छ। राजश्व संकलन बृद्धिका लागि आयात–निर्यात गतिविधि, व्यापारिक वातावरण तथा भन्सार प्रशासनको कार्यक्षमतामा थप सुधार आवश्यक रहेको उनीहरूले जनाएका छन्।