मुख्य सामग्रीमा जानुहोस्

हेटौंडामा पानी जमेको खाल्डोमा पौडी खेल्दै गर्दा किशोरको मृत्यु

हेटौंडा–६ रोएनी कोलोनीस्थित कर्रा खोला नजिकको पानी जमेको खाल्डोमा पौडी खेल्ने क्रममा एक किशोरको डुबेर मृत्यु भएको छ। शनिबार दिउँसोको घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:eKantipur

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ रोएनी कोलोनीस्थित कर्रा खोला नजिक पानी जमेको खाल्डोमा पौडी खेल्ने क्रममा एक किशोरको डुबेर मृत्यु भएको छ।

शनिबार दिउँसो करिब १:१० बजे साथीहरूसँग पौडी खेलिरहेका हेटौंडा–१७ निवासी केशव राईका १३/१४ वर्षीय छोरा युकेश राई डुबेका थिए। स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी गरी उनलाई घटनास्थलबाट उद्धार गरेको थियो।

उद्धारपछि तुरुन्तै हेटौंडा अस्पताल लगिएको युकेशलाई दिउँसो २:२५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। घटनास्थलको अवस्थाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।