मुख्य सामग्रीमा जानुहोस्

बैंकमा सस्तो कर्जा तर विपन्न वर्ग साहुकै दैलोमा

बैंकहरूमा अधिक तरलता रहेको छ । ऐतिहासिक कम ब्याजदरमा ऋण उपलब्ध रहेको छ । तर सानो ऋण लिन पनि विपन्न वर्ग साहु–महाजनकै भर परिरहेका छन् ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
बैंकमा सस्तो कर्जा तर विपन्न वर्ग साहुकै दैलोमा

बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (अधिक तरलता) उच्च रहेको र ब्याजदर पनि न्यून रहेको छ । तर पनि विपन्न वर्गले सानो ऋण लिन पनि साहु–महाजनको दैलो चाहनुपर्ने अवस्था छ ।

अधिक तरलता र न्यून ब्याजदर

पछिल्ला तीन वर्षदेखि ब्याजदरले इतिहासकै न्यून स्तर छोएको छ । वाणिज्य बैंकहरूको औसत कर्जा ब्याजदर जेठ मसान्तमा ६.६४ प्रतिशत रहेको छ । विभिन्न 'प्रडक्ट'अनुसार केही बैंकले यसभन्दा पनि कम ब्याजदरमा ऋण दिइरहेका छन् ।

२५ असारसम्म बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम १५ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । न्यून कर्जा माग र रेमिट्यान्स वृद्धिका कारण निक्षेप थुप्रिएको छ । गएको आर्थिक वर्ष २०८२/८३ का हरेक महिनामा अधिक तरलताको आकडा बढ्दै गएको थियो ।

साउनमा करिब १० खर्ब ११ अर्ब रुपैयाँ रहेको अधिक तरलता भदौमा १० खर्ब ४६ अर्ब, असोजमा ११ खर्ब ६८ अर्ब, कात्तिकमा १० खर्ब ९० अर्ब, मंसिरमा १२ खर्ब १६ अर्ब, पुसमा १२ खर्ब २४ अर्ब, माघमा १२ खर्ब २२ अर्ब, फागुनमा १२ खर्ब ५० अर्ब, चैतमा १२ खर्ब ८३ अर्ब, वैशाखमा १३ खर्ब ६५ अर्ब र जेठमा १३ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको थियो ।

विपन्न वर्गको पहुँच बैंकमा छैन

बैंक तथा वित्तीय संस्थामा सस्तो कर्जा र अधिक तरलता भए पनि विपन्न वर्गले औपचारिक बैंकिङ प्रणालीबाट ऋण लिन सकिरहेका छैनन् । उनीहरू स–साना ऋणका लागि समेत साहु–महाजनकहाँ पुग्न बाध्य छन् ।