फिफाको ग्लोबल फुटबल डेभलपमेन्टका प्रमुख आर्सन वेङ्गरले विश्वकप २०२६ मा प्रत्येक खेलको प्रत्येक हाफमा अनिवार्य गरिएको हाइड्रेसन ब्रेकले खेलको लयमा अवरोध नपु¥याएको र नतिजामा समेत कुनै प्रभाव नपारेको दाबी गरेका छन्। तर, आगामी ठूला प्रतियोगिताहरूमा यो नियम लागू हुने वा नहुने भन्ने विषय भने अन्योलमै रहेको छ।
शनिबार इस्ट रडरफोर्डमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै वेङ्गरले नियमको प्रभावबारे विश्लेषण गरिने र त्यसपछि मात्र निर्णय लिइने बताए। उनले भने, ‘खेलमाथि हाइड्रेसन ब्रेकको सिधा असर परेन, विशेषतः नतिजामा। केहीलाई यो नियम मन परेन, त्यसैले हामी यसको वास्तविक प्रभाव के रह्यो भनेर विश्लेषण गर्नेछौं र थप निर्णय लिनेछौं।’
समर्थन र विरोध
यस नियमको समर्थनमा स्पेनी प्रशिक्षक लुइस डे ला फुन्टे र नेदरल्यान्ड्सका कप्तान भर्जिल भान डाइक उभिएका थिए। फुन्टेले खेलाडीको स्वास्थ्य नै प्राथमिकता हुनुपर्ने र प्रचण्ड गर्मीमा यस्तो नियम आवश्यक रहेको बताएका थिए। भान डाइकले पनि गर्मीको मौसममा हाइड्रेसन ब्रेकले खेलाडीलाई लाभ पु¥याएको धारणा राखेका थिए।
तर, इंग्ल्यान्डका कप्तान थोमस टुचेलले यसको विरोध गर्दै नियमले खेलको लय बिगार्ने काम गरेको आरोप लगाए। उरुग्वेली प्रशिक्षक मार्सेलो बिएल्साले भने यो नियमले फुटबलको विशेषतामै आघात पु¥याएको र यसले प्रसारणकर्तालाई मात्र आर्थिक फाइदा पु¥याएको भन्दै तिखो आलोचना गरे।
केही विश्लेषकहरूले हाइड्रेसन ब्रेकले खेललाई चार भागमा विभाजित गरी लय भङ्ग गरेको र टेलिभिजन विज्ञापनका लागि मात्र उपयोगी भएको टिप्पणी गरेका थिए। दर्शकले पनि विशेषगरी लिग चरणमा यो ब्रेकको विरोध गरेको देखिएको थियो।
प्रत्येक खेलमा लागू
यस विश्वकपको धेरै खेल अमेरिका, क्यानडा र मेक्सिकोमा प्रतिकूल मौसममा भएका थिए। केही खेल प्रचण्ड गर्मीमा त केही चिसो मौसममा सञ्चालन भए। तर, फिफाले सबै खेलमा एकरूपता कायम राख्न हाइड्रेसन ब्रेक अनिवार्य गरेको थियो। वेङ्गरले भने, ‘हामी केही खेलमा यो नियम हटाएर अन्योल सिर्जना गर्न चाहेनौं, त्यसैले सबै खेलमा लागू ग¥यौं। प्रतियोगिता सकिएपछि पक्कै पनि यसको गम्भीर समीक्षा हुनेछ।’
उनले यो नियम चिकित्सकीय दृष्टिले आवश्यक हुन सक्ने भन्दै यसबारे भविष्यको निर्णय पूरा विश्लेषणपछि मात्र लिइने बताए।
