मुख्य सामग्रीमा जानुहोस्

सोनम वाङ्चुकको अनशन र पक्राउ : दिल्लीमा नयाँ तरंग

सोनम वाङ्चुकको अनशन दिल्लीमा तरंगित भएको छ । प्रहरीले उनलाई अनशनस्थलबाट जबर्जस्ती उठाएपछि समर्थकमा आक्रोश फैलिएको छ । वाङ्चुकले अस्पतालमा पनि अनशन जारी राखेका छन् ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

दिल्लीको सडकमा जारी सोनम वाङ्चुकको अनशनले तरंग ल्याएको छ । उनका समर्थकहरूले प्रहरीले गैरकानुनी रूपमा धरपकड गरी जबर्जस्ती उठाएको आरोप लगाएका छन् ।

पक्राउपछि दीपकेले प्रधानमन्त्री नरेन्द्र मोदीलाई तानाशाहीको संज्ञा दिँदै प्रहरीलाई 'आरएसएसका गुन्डा' भनेका छन् । उनले भने, 'यिनीहरू प्रहरी होइनन्, आरएसएसका गुन्डा हुन् । म विदेशबाट आफ्नै देश फर्किएको हुँ । के म कुनै अपराधी हो र ?'

सोनमलाई सफदरजंग अस्पताल लगिएको छ तर उनले अनशन जारी राख्दै तरल पदार्थ लिन अस्वीकार गरेका छन् । उनकी पत्नी डा. गीताञ्जलि आंग्मोले आइतबार दिल्ली उच्च अदालतमा रिट दायर गर्दै उनलाई निजी अस्पताल सार्न अनुमति मागेकी छन् । उनले उपचारको नाममा गैरकानुनी हिरासत राखिएको दाबी गरेकी छन् ।

अदालतले भने उनलाई सरकारी अस्पतालबाट सार्न आवश्यक नरहेको ठहर गरेको छ । सुनुवाइका क्रममा अस्पतालका चिकित्सकले सोनमले 'आईभी फ्लुइड' लिन नमानेको जानकारी दिए । सरकारी पक्षले उनले डाक्टरमा विश्वास गर्नुपर्ने बताएको थियो ।