मुख्य सामग्रीमा जानुहोस्

साउनको पहिलो सोमबारः शिवालयमा भक्तजनको घुइँचो

साउनको पहिलो सोमबारका अवसरमा आज देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ। विशेषगरी काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहान तीन बजेदेखि नै दर्शनको लागि भीड सुरु भएको थियो।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

७पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:eKantipur

साउनको पहिलो सोमबार आज देशभरका शिव मन्दिरमा भक्तजनको ठूलो भीड लागेको छ। वैदिक सनातन हिन्दु धर्मावलम्बीका लागि यो दिन धार्मिक तथा सांस्कृतिक रूपमा विशेष मानिन्छ।

राजधानी काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहान तीन बजेदेखि नै दर्शनार्थीको लागि ढोका खोलिएको थियो। मन्दिरका चारै ढोका खोलिएसँगै श्रद्धालुको सहज, सुरक्षित र व्यवस्थित दर्शनको प्रबन्ध मिलाइएको छ।

राजधानीका अन्य शिवालयमा पनि भीड

पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको मक्खन महादेवलगायत सबै शिव मन्दिरमा भक्तजनको लाम लागेको छ। कोटेश्वर स्थित महादेव मन्दिरमा पनि बिहान सबेरैदेखि श्रद्धालुको घुइँचो देखिएको थियो।