अर्थमन्त्रीले कर फिर्ता निर्णय कार्यान्वयनबारे स्पष्टीकरण दिएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य र शिक्षाको करसम्बन्धी प्रस्ताव तयार गरिएको उनले जानकारी दिए । बैठकमा सो विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्रीले बोलेको कुरा नै फाइनल हुने उनले बताए । कर ल्याउने बेलामा सल्लाह गरेर ल्याइएको र अहिले स्थगन गर्ने विषय पनि सल्लाहअनुसार नै भएको अर्थमन्त्रीले बताए ।
पूर्वसल्लाहमा करको प्रभावबारे जानकारी कम भएको प्रश्नमा अर्थमन्त्रीले त्यतातिर नजान आग्रह गरे । आगामी मन्त्रिपरिषद् बैठकमा यो विषय पारित हुनेबारे उनले नीति आउने संकेत गरे ।
