मुख्य सामग्रीमा जानुहोस्

सुनको मूल्य प्रतितोला ५ हजार ४ सय रुपैयाँले बढ्यो, चाँदीमा पनि वृद्धि

बुधबार नेपाली घरेलु बजारमा सुनको मूल्य प्रतितोला ५ हजार ४ सय रुपैयाँले बढेर २ लाख ९१ हजार रुपैयाँ पुगेको छ। चाँदीको मूल्य पनि प्रतितोला ११० रुपैयाँले बढेर ४ हजार ४ सय ८० रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा भएको…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

काठमाडौं, साउन ७ गते । नेपाली घरेलु बजारमा बुधबार सुन र चाँदी दुवै धातुको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य प्रतितोला ५ हजार ४ सय रुपैयाँले बढेर २ लाख ९१ हजार रुपैयाँ पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ११० रुपैयाँले बढेर ४ हजार ४ सय ८० रुपैयाँ पुगेको छ। मंगलबार चाँदी ४ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

घरेलु बजारमा सुनचाँदीको मूल्य वृद्धि अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण भएको बताइएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १ सय ३९ अमेरिकी डलर र चाँदी प्रतिऔंस ५९ डलरमा कारोबार भइरहेको जानकारी प्राप्त भएको छ।