मुख्य सामग्रीमा जानुहोस्

काठमाडौं उपत्यकामा २४ घण्टामा शंकास्पद गतिविधिका १६९ जना पक्राउ

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न १६९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। यसै अवधिमा २६ जना फरार प्रतिवादी पनि पक्राउ परेका छन्। ट्राफिक प्रहरीले चार सयभन्दा बढी सवारी…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा शंकास्पद गतिविधिको आरोपमा १६९ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट सबैभन्दा धेरै १५६ जना, ललितपुरबाट ११ जना र भक्तपुरबाट २ जना पक्राउ परेका छन्।

नियन्त्रणमा लिइएका सबैको सोधपुछ तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसै अवधिमा २६ जना फरार प्रतिवादी पनि प्रहरीको फन्दामा परेका छन्।

यसैबीच, उपत्यका ट्राफिक प्रहरी महाशाखाले पछिल्लो २४ घण्टामा चार सयभन्दा बढी सवारी चालकलाई कारबाही गरेको छ। सबैभन्दा धेरै तीव्र गतिमा सवारी चलाउने १०० जना कारबाहीमा परेका छन्। सडक तथा फुटपाथमा पार्किङ गर्ने ६९ जना, रातो बत्ती उल्लंघन गर्ने ५६ जना र मादक पदार्थ सेवन गरी सवारी चलाएका ५२ जनालाई पनि कारबाही गरिएको छ।

यस्तै, अनावश्यक हर्न बजाउने ४४ जना, अवस्था ठीक नभएका सवारी साधन चलाउने ५० जना र जथाभावी यात्रु चढाउने तथा ओराल्ने ३५ जना चालकमाथि पनि कारबाही भएको महाशाखाले जनाएको छ।