मुख्य सामग्रीमा जानुहोस्

दीपाश्री निरौला अस्पतालबाट डिस्चार्ज, ४० काटेपछि मस्तिष्क परीक्षण गर्न आग्रह

अभिनेत्री तथा फिल्म निर्देशक दीपाश्री निरौला ब्रेन ट्युमरको शल्यक्रियापछि १८ दिनको अस्पताल बसाइँपछि डिस्चार्ज भएकी छन्। उनले ४० वर्ष कटाएका सबैलाई मस्तिष्कको अवस्था परीक्षण गर्न आग्रह गरेकी छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

काठमाडौं। अभिनेत्री तथा फिल्म निर्देशक दीपाश्री निरौला ब्रेन ट्युमरको शल्यक्रियापछि बिहीबार अन्नपूर्ण न्यूरो अस्पतालबाट डिस्चार्ज भएकी छन् । माइतीघरस्थित अस्पतालमा उनी १८ दिनदेखि स्वास्थ्यलाभ गरिरहेकी थिइन् ।

उनका निकट फिल्मकर्मी दीपकराज गिरीले फेसबुकमा दीपाश्रीको तस्वीर पोस्ट गर्दै डिस्चार्जको जानकारी दिएका छन् । सोही पोस्टमार्फत उनले दीपाश्रीको तर्फबाट शुभेच्छुक र स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरेका छन् ।

दीपाश्रीले भनिन्, ‘महाभारतको युद्ध पनि १८ दिन चलेको थियो, मेरो जीवनमा अप्रत्याशित रूपमा आएको रोगसँगको संघर्ष पनि १८ दिन चल्यो।’ उनले ४० वर्ष उमेर कटाएपछि सबैले एकपटक अनिवार्य रूपमा मस्तिष्कको अवस्था परीक्षण गर्न अनुरोध गरेकी छन् ।