मुख्य सामग्रीमा जानुहोस्

एमबिएस प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति भक्तपुरबाट पक्राउ

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको परीक्षाको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्तिलाई केन्द्रीय अनुसन्धान ब्युरोले भक्तपुरबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलाली घर भई हाल भक्तपुर बस्ने…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल विहेवियर’ विषयको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले भक्तपुरको मध्यपुरथिमी नगरपालिका–१ बाट सन्दीप सिंहलाई पक्राउ गरेको हो।

सिंहको स्थायी घर कैलालीको घोडाघोडी नगरपालिका–११ हो। उनी हाल भक्तपुरमा बस्दै आएका थिए। उमेर ३३ वर्ष रहेको ब्युरोले जनाएको छ। साउन ८ गते परीक्षा सुरु भएलगत्तै उनले उक्त विषयको प्रश्नपत्र विभिन्न ह्वाट्सएप समूहमा सेयर गरेको कसुरमा पक्राउ गरिएको हो।

ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शम्शेर जबराका अनुसार उनीमाथि अनुसन्धान जारी छ। यसअघि अनुसन्धानको क्रममा प्रहरीले अन्य केही व्यक्तिलाई पनि नियन्त्रणमा लिएको थियो।

ब्युरोले एमबिएस प्रथम सेमेस्टरको अन्य विषयका परीक्षा बाँकी रहेकाले परीक्षामा गैरकानुनी क्रियाकलाप नगर्न सबै विद्यार्थीलाई सचेत गराएको छ।