मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। आइतबार दिउँसो हिन्दु राज्य र राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन घोषणा गरेका उनी सोही राति प्रहरीको नियन्त्रणमा परेका हुन्।
घरमै पुगेर पक्राउ
अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आइतबार राति साढे १० बजे प्रसाईंलाई उनकै घरबाट नियन्त्रणमा लिएको थियो।
आन्दोलन घोषणा
प्रसाईंले आइतबार दिउँसो पत्रकार सम्मेलनको आयोजना गर्दै हिन्दु राज्य र राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलनको घोषणा गरेका थिए। प्रहरीले प्रसाईंले शान्ति सुरक्षा भङ्ग गरेको आरोप लगाएको छ।
