मुख्य सामग्रीमा जानुहोस्

लालबन्दीमा १०९ केजीभन्दा बढी गाँजासहित दुई भारतीय नागरिक पक्राउ

सर्लाही प्रहरीले लालबन्दी–१ नवलपुरमा आकस्मिक जाँचका क्रममा भारतीय नम्बरप्लेटको कारबाट १०९ केजीभन्दा बढी गाँजा बरामद गरी दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कार चालक २६ वर्षीय दीपक कुमार महतो र २५ वर्षीय…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

सर्लाही प्रहरीले लालबन्दी नगरपालिकामा गरिएको आकस्मिक सुरक्षा जाँचका क्रममा एउटा कारबाट १०९ केजीभन्दा बढी गाँजा बरामद गरी दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा सोमबार बिहान करिब ५ बजे लालबन्दी–१ नवलपुरमा प्रहरी टोलीले आकस्मिक जाँच गरेको थियो। सोही क्रममा पूर्वतर्फ जाँदै गरेको भारतीय नम्बरप्लेट (BR 09 M 3766) रहेको कारलाई रोकी जाँच गर्दा कारको डिकीमा लुकाइएको अवस्थामा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

पक्राउ परेका दुवै सीतामढीका

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमका अनुसार पक्राउ पर्नेमा कार चालक २६ वर्षीय दीपक कुमार महतो र २५ वर्षीय अमन कुमार रहेका छन्।

उनीहरू दुवै भारतको बिहार राज्यको सीतामढी जिल्लाका बासिन्दा हुन्।

कानुनी प्रक्रिया अघि बढ्दै

प्रहरीले बरामद गाँजा र सोही कारसहित दुवै जनालाई नियन्त्रणमा लिएको छ। लागुऔषध (नियन्त्रण) ऐनअनुसार सर्लाही जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।