मुख्य सामग्रीमा जानुहोस्

सप्तरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

पकरीबाट बथनाहातर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परी ३५ वर्षीय सन्तोष राम र ४५ वर्षीय शङ्कर रामको मृत्यु भएको हो। दुवैको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

गएराति हुलाकी राजमार्गअन्तर्गत सप्तरीको महदेवा गाउँपालिका–१ चिमटीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार पकरीबाट बथनाहातर्फ जाँदै गरेको स ०१–००६ प २४९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई कल्भर्टमा ठोक्किएर दुर्घटना भएको हो।

घटनाको विवरण

सो दुर्घटनामा मोटरसाइकल चालक ३५ वर्षीय सन्तोष राम र पछाडि सवार ४५ वर्षीय शङ्कर रामको ज्यान गएको प्रवक्ता घिमिरेले बताए।

उपचारका क्रममा

दुर्घटनापछि दुवै जना गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल पुर्याइएको थियो। अस्पताल पुग्नेबित्तिकै चिकित्सकले सन्तोषलाई मृत घोषणा गरेका थिए। शङ्करलाई भने थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल सारिएको थियो।

गोल्डेन अस्पतालमा उपचारका क्रममा शङ्करको पनि मृत्यु भएको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिए।