मुख्य सामग्रीमा जानुहोस्

विदेशबाट फर्किने नेपालीलाई सुन तथा बहुमूल्य सामान नबोक्न सरकारको आग्रह

सरकारले विदेशबाट आउने नेपालीलाई अपरिचित व्यक्ति, दलाल वा अन्य व्यक्तिको प्रलोभनमा परी सुन, बहुमूल्य धातु तथा अन्य सामान नेपाल नल्याउन विशेष आग्रह गरेको छ। विमानस्थल सुरक्षा कार्यालयले यस्तो कार्य कानुनविपरीत भएको भन्दै…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

सरकारले विदेशबाट नेपाल फर्किने नेपाली नागरिकलाई अपरिचित व्यक्ति, दलाल वा अन्य व्यक्तिको प्रलोभनमा परी सुन, बहुमूल्य धातु तथा अन्य सामान नेपाल नल्याउन विशेष आग्रह गरेको छ। नेपाल प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले यससम्बन्धी विशेष अनुरोध जारी गरेको हो।

कार्यालयका अनुसार पछिल्लो समय दुबइ, कतारलगायतका मुलुकमा काम गरी स्वदेश फर्कने केही नेपालीहरू अपरिचित व्यक्ति, दलाल तथा अन्यको आर्थिक प्रलोभनमा परी सुनका बिस्कुट, बहुमूल्य धातु तथा अन्य सामान नेपाल पठाउने गरेका छन्। यस्तो कार्य कानुनविपरीत हुने कार्यालयले जनाएको छ।

विमानस्थल सुरक्षा कार्यालयको चेतावनी

उक्त कार्यालयले अवैध ओसारपसारमा संलग्न भएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ। साथै, यस सम्बन्धमा विमानस्थल सुरक्षा कार्यालयले अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइरहेको बताइएको छ।

यात्रुका लागि के के सुझाव ?

कार्यालयले विदेशबाट फर्कने यात्रुलाई निम्न कुरामा ध्यान दिन आग्रह गरेको छ:

  • आफ्नो झोला तथा सामानको विवरण आफैं राख्ने

  • खरिद बिल तथा आवश्यक कागजात सुरक्षित राख्ने

  • भन्सारसम्बन्धी प्रचलित कानुनको पालना गर्ने

  • दलालको प्रलोभनबाट टाढा रहने

  • विमानस्थलमा शंकास्पद गतिविधि देखिए तत्काल सुरक्षा निकायलाई जानकारी दिने

अन्त्यमा, कार्यालयले विदेशबाट फर्किने नेपालीहरूलाई अपरिचित व्यक्तिको प्रलोभनमा नपरी आफ्नै सामानको जिम्मेवारी आफैं लिनसमेत अनुरोध गरेको छ।