मुख्य सामग्रीमा जानुहोस्

नेपालमा तीन देशका १० हजारभन्दा बढी शरणार्थी रहेको प्रहरीको तथ्यांक

नेपाल प्रहरीले नेपालमा तीन देशका १० हजारभन्दा बढी शरणार्थी रहेको तथ्यांक सार्वजनिक गरेको छ। सबैभन्दा धेरै भुटानी शरणार्थी रहेका छन् भने रोहिंगा शरणार्थी काठमाडौंका विभिन्न स्थानमा बस्दै आएका छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nagariknetwork

नेपाल प्रहरीले नेपालमा तीन देशका १० हजारभन्दा बढी शरणार्थी बसोबास गरिरहेको तथ्यांक सार्वजनिक गरेको छ। शरणार्थीबारे सामाजिक सञ्जालमा भ्रामक टिप्पणी हुन थालेपछि प्रहरीले उक्त तथ्यांक सार्वजनिक गरेको हो।

कुन देशका कति शरणार्थी ?

प्रहरीका अनुसार नेपालमा भुटानी, तिब्बती र रोहिंगा गरी तीन समूहका शरणार्थी रहेका छन्। सबैभन्दा धेरै भुटानी शरणार्थी नेपालमा छन्। प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार नेपालमा ६ हजार २७२ भुटानी शरणार्थी बसोबास गरिरहेका छन्।

त्यस्तै, नेपालमा तीन हजार ५२७ तिब्बती शरणार्थी रहेको प्रवक्ता काफ्लेले जानकारी दिएका छन्। यसैगरी, नेपालमा ५२७ रोहिंगा शरणार्थी रहेको उनले बताए।

रोहिंगा शरणार्थीको अवस्था

प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा रहेका रोहिंगा शरणार्थीमध्ये ३६४ महिला र १६२ पुरुष छन्। उनीहरूमध्ये २१६ बालबालिका रहेका छन्।

प्रहरीका अनुसार रोहिंगा शरणार्थीहरू काठमाडौंको कपन, लसुनटार, राम मन्दिर, लुभु र सुनकोठीमा बस्दै आएका छन्।