मुख्य सामग्रीमा जानुहोस्

गोलबजारमा गोली लागी मृत्यु भएका गणेश यादवका परिवारलाई मधेश सरकारले घर बनाइदिने

सिरहाको गोलबजारमा गोली लागेर ज्यान गुमाएका १५ वर्षीय गणेश यादवका परिवारलाई मधेश प्रदेश सरकारले विपन्न आवास योजनाअन्तर्गत घर बनाइदिने भएको छ। मधेशका शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह शुक्रबार मृतकको घरमै पुगेर…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:eKantipur

गोलबजारमा गोली लागेर ज्यान गुमाएका किशोर गणेश यादवको परिवारलाई मधेश प्रदेश सरकारले विपन्न आवास योजनाअन्तर्गत घर बनाइदिने भएको छ। सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेशको परिवारका लागि प्रदेश सरकारले आवास निर्माण गरिदिने सहमति दिएको हो।

मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह शुक्रबार मृतककै घरमा पुगेर परिवारसँग घर बनाइदिने सहमति गरेका हुन्। प्रदेश सरकारको योजनाअन्तर्गत यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको छ।

पाँच लाख ४६ हजारमा घर निर्माण

सहमतिअनुसार पाँच लाख ४६ हजार रुपैयाँको लागतमा दुई कोठे घर, भान्सा र शौचालय निर्माण गरिनेछ। भौतिक पूर्वाधार कार्यालय, सिरहाले घर बनाउन आवश्यक प्रक्रियागत काम अघि बढाइसकेको जनाएको छ। परिवारले जग्गा उपलब्ध गराउनेबित्तिकै निर्माण सुरु हुने कार्यालयले बताएको छ।

देवानगन्जको घटनापछि तनाव

गत बिहीबार सुनसरीको देवानगन्जमा भएको घटनापछि गोलबजारमा तनाव उत्पन्न भएको थियो। तनावकै क्रममा गणेशलाई गोली लागेको थियो र उनको ज्यान गएको थियो।