मुख्य सामग्रीमा जानुहोस्

लगातार तेस्रो सिजन चितवन राइनोजमा फर्किए रवि बोपारा

चितवन राइनोजले रवि बोपारालाई लगातार तेस्रो सिजन टोलीमा राखेको छ। बोपाराले एनपीएलका दुई सिजनमा ५ सयभन्दा बढी रन जोडिसकेका छन्। मार्चमा उनले काउन्टी क्रिकेटबाट संन्यास लिएका थिए।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:eKantipur

काठमाडौँ — इंग्ल्यान्डका भेट्रान अलराउन्डर रवि बोपारा लगातार तेस्रो सिजन चितवन राइनोजबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन्। चितवन राइनोजले शुक्रबार सामाजिक सञ्जालमार्फत बोपारा फेरि टोलीमा जोडिने जानकारी दिएको हो।

बोपारा एनपीएलमा उत्कृष्ट विदेशी ब्याटरका रूपमा परिचित छन्। दुई सिजनको अवधिमा उनले ५ सयभन्दा बढी रन बनाइसकेका छन्।

दुई सिजनको बलियो प्रदर्शन

पहिलो सिजनमा बोपाराले ३ अर्धशतकसहित १३५ भन्दा माथिको स्ट्राइक रेटमा २८६ रन जोडेका थिए। सर्वाधिक रन बनाउने क्रममा उनी जनकपुर बोल्ट्सका लाहिरु मिलान्थाभन्दा ७ रनले मात्र पछाडि परेका थिए।

गत सिजन पनि उनको प्रदर्शन उस्तै रह्यो। सुरुका तीन खेलमा लगातार अर्धशतक बनाएका उनले सात खेलमा १३० भन्दा माथिको स्ट्राइक रेटसहित २३७ रन बनाएका थिए।

काउन्टी क्रिकेटबाट संन्यासपछि

बोपाराले मार्चमा काउन्टी क्रिकेटबाट संन्यास लिएका थिए। हाल इंग्ल्यान्डमा जारी द हन्ड्रेडमा उनी कमेन्ट्रीको भूमिकामा छन्। चितवन राइनोजसँगको निरन्तर सहकार्यमा भने उनले एनपीएल खेल्नेछन्।