मुख्य सामग्रीमा जानुहोस्

फिदिमका सामुदायिक कुकुरलाई रेबिजविरुद्ध खोप लगाउन विज्ञ टोलीको सुझाव

रेबिज संक्रमण देखिएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिकामा विज्ञ टोली परिचालन गरिएको छ। टोलीले सदरमुकाम फिदिमका सामुदायिक कुकुरको सामूहिक खोप अभियान सञ्चालन गर्न सुझाव दिएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

८पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:eKantipur

पाँचथरको फाल्गुनन्द गाउँपालिकामा देखिएको रेबिज संक्रमण नियन्त्रणका लागि विज्ञसहितको पशु चिकित्सक टोली क्षेत्रमा खटाइएको छ। संक्रमण पुष्टि भएका बस्तीमा पुगेर टोलीले शुक्रबार र शनिबार स्थलगत अध्ययन, नमुना परीक्षण तथा किसान, स्वास्थ्यकर्मी र जनप्रतिनिधिसँग अन्तरक्रिया गरेको हो।