सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज २६ श्रावण २०८३ मा अपराह्न १ः०० बजे सिंहदरबारमा बस्दैछ। उक्त बैठकको कार्यसूचीमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने विषय राखिएको छ।
प्रतिनिधिसभाको सम्भावित कार्यसूचीअनुसार सो प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले प्रस्तुत गर्नेछिन्।
दुई समितिको बैठक
प्रतिनिधिसभाको बैठकसँगै आज दुई संसदीय समितिको पनि बैठक बस्ने भएको छ। सङ्घीय संसद् सचिवालयका अनुसार सार्वजनिक लेखा समिति र विकास आर्थिक मामिला तथा सुशासन समिति दुवैको बैठक बिहान ११ः०० बजे बस्ने कार्यक्रम छ।
समितिमा छलफलका विषय
सार्वजनिक लेखा समितिको बैठकमा २०८२ भदौ २३ र २४ गते भएको आन्दोलन र घटनाका कारण जलेका स्रेस्ता सम्बन्धमा छलफल हुनेछ।
यस्तै, विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकले भने डिजिटल अर्थतन्त्रका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ।



