आथर नेपालले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा नयाँ ४५०एक्स ओभरटोन्स सिरिजसहित तीन नयाँ राइडिङ प्रविधिहरू सार्वजनिक गरेको छ। काठमाडौंमा जारी एक्स्पोमा कम्पनीले आफ्ना नयाँ उत्पादन र प्राविधिक क्षमताहरू प्रदर्शन गरिरहेको छ।
नयाँ सिरिज टोन-अन-टोन डिजाइनमा आधारित छ र यो स्टिल ह्वाइट, स्पेस ग्रे र लुनार ग्रे गरी तीन रङ्गका विकल्पमा उपलब्ध हुनेछ। कम्पनीका अनुसार यसले ४५०एक्सको विद्यमान प्रदर्शन-केन्द्रित डिजाइनलाई कायम राखेको छ।
तीन नयाँ स्मार्ट राइडिङ प्रविधि
आथरले आफ्नो ४५० सिरिजमा म्याजिक ट्विस्ट, इन्फिनिट क्रुज र भ्वाइस अन आथर नामक तीन नयाँ सुविधाहरू भित्र्याएको छ।
म्याजिक ट्विस्ट: यसले सवारीलाई थ्रोटललाई उल्टो घुमाएर स्कुटरको गति घटाउन मद्दत गर्छ। रिजेनेरेटिभ ब्रेकिङमार्फत गति घटाउँदा ऊर्जा पुनः प्राप्त हुन्छ। यो सुविधाले स्कुटरलाई पूर्ण रूपमा रोक्न सक्छ र ब्याट्री पूर्ण चार्ज भएको अवस्थामा पनि काम गर्छ।
इन्फिनिट क्रुज: लामो यात्रा र स्थिर ट्राफिक अवस्थामा कम थ्रोटल इनपुटमा समेत स्थिर गति कायम राख्न यसले मद्दत गर्छ।
भ्वाइस अन आथर: एथरस्ट्याक ७.० मा आधारित यो सुविधाले ब्लुटुथ हेडसेट वा स्मार्ट हेलमेटमार्फत प्राकृतिक भ्वाइस आदेश प्रयोग गरी गन्तव्य खोज्न, नेभिगेसन सुरु गर्न, चार्जिङ स्टेसन पत्ता लगाउन र समर्थित स्कुटर कार्यहरू नियन्त्रण गर्न सकिन्छ।
फास्ट चार्जर, मूल्य र उपलब्धता
आथर नेपालले ६ किलोवाटको फास्ट चार्जर पनि सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यसले १० मिनेटमा करिब ३० किलोमिटरको राइडिङ रेन्ज दिन सक्छ।
४५०एक्स ओभरटोन्स सिरिज अगस्ट ११ देखि नेपालमा उपलब्ध हुनेछ। आथर ४५० सिरिजको सुरुवाती मूल्य रु ३,३४,९०० रहेको छ भने रिज्टा सिरिजको सुरुवाती मूल्य रु ३,१४,९०० तोकिएको छ।
वैद्य एनर्जी प्रालिद्वारा सञ्चालित आथर नेपालले एक्स्पोको हल सी, स्टल सी२ मा आफ्ना नयाँ उत्पादनहरू प्रदर्शन गरिरहेको छ। अगस्ट १६ सम्म चल्ने उक्त एक्स्पोमा कम्पनीले सामाजिक सञ्जाल उपहार अभियानसमेत चलाएको छ।
उपहार अभियानमा सहभागी हुन आथरको आधिकारिक सामाजिक सञ्जाल खाता फलो गर्नुपर्ने, एक्स्पो स्टलमा पुगेर आथर स्कुटरसँग फोटो खिच्नुपर्ने र सो फोटो कम्पनी तथा दुई साथीलाई ट्याग गरेर पोस्ट गर्नुपर्नेछ। यसरी सहभागी भएकाहरूमध्येबाट एक जनाले आथर स्कुटर जित्ने मौका पाउनेछन्।






