काठमाडौं, २९ साउन । नेपाल भलिबल लिग (एनभीएल) को आगामी संस्करण भदौ १९ गतेदेखि २७ गतेसम्म चल्ने भएको छ। आयोजक केडिया ग्रुपले प्रतियोगिताको मिति औपचारिक रूपमा घोषणा गर्दै पुरुष फ्रेन्चाइज भलिबल लिग आयोजना गर्ने निश्चित गरेको हो।
यसअघि प्रतियोगिता भदौ १२ गतेदेखि सुरु हुने चर्चा थियो। तर आयोजक पक्षबाट आधिकारिक मिति घोषणा नभएकाले अन्योल कायम थियो। अहिले भने भदौ १९ गतेबाट सुरु भएर २७ गतेसम्म खेल हुने कार्यक्रम पक्का भएको छ।
६ फ्रेन्चाइज टोली
प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ। टोलीहरूको खेलाडी छान्ने कामका लागि भएको अक्सनसमेत सम्पन्न भइसकेको छ।
केडिया ग्रुपको आयोजना
नेपाल भलिबल लिग केडिया ग्रुपले आयोजना गर्न लागेको पुरुष फ्रेन्चाइज भलिबल प्रतियोगिता हो। लिगको आयोजनासम्बन्धी अन्य तयारी भने चरणबद्ध रूपमा अघि बढिरहेको देखिन्छ।






