मुख्य सामग्रीमा जानुहोस्

टाटाका परिमार्जित पन्च र टियागो ईभी नाइमा एक्स्पोको आकर्षण बने

नेपाली बजारका लागि टाटा मोटर्सले परिमार्जित पन्च र टियागो ईभी सार्वजनिक गरेको छ। नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा राखिएका यी मोडेलमा ग्राहकको आकर्षण बढिरहेको छ। एक्स्पो अवधिमा बुकिङ गर्नेलाई पन्च ईभी ३२ लाख ९९ हजार…

विश्वपत्र संवाददाता

· ३ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar

काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा टाटा मोटर्सका परिमार्जित विद्युतीय मोडल पन्च ईभी र टियागो ईभी प्रदर्शनीमा राखिएका छन्। दुवै मोडेलले एक्स्पोमा आउने आगन्तुकको चासो बटुलिरहेका छन्।

नेपालमा विद्युतीय सवारीसाधनको प्रतिस्पर्धा बढिरहेका बेला टाटाले आफ्ना लोकप्रिय ईभी मोडेलमा सुधार गर्दै मूल्य तथा सुविधालाई केन्द्रबिन्दुमा राखेको छ। एक्स्पोमा आउने धेरै आगन्तुकले पन्च ईभीको सस्तो मूल्य र टियागो ईभीको किफायती दायरामा रुचि देखाइरहेका छन्।

नयाँ पन्च ईभीको मूल्य र फिचर

टाटाले पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकेको छ। एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकका लागि भने कम्पनीले ३२ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराउने भएको छ। यसको टप भेरियन्टको मूल्य ३७ लाख ९९ हजार रुपैयाँसम्म रहेको छ।

नयाँ पन्च ईभीमा ३० किलोवाट आवर र ४० किलोवाट आवर क्षमताका दुई विकल्पमा ब्याट्री उपलब्ध हुनेछ। कम्पनीका अनुसार अघिल्लो मोडेलको तुलनामा दुवै ब्याट्री विकल्पको क्षमता ५ किलोवाट आवरले बढाइएको छ। ६५ किलोवाटको डीसी फास्ट चार्जिङ सपोर्ट गर्ने यो ईभीलाई २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब २६ मिनेट लाग्ने कम्पनीको दाबी छ।

१५ मिनेट चार्ज गर्दा १ सय ३५ किलोमिटरसम्मको रेन्ज प्राप्त हुने पनि कम्पनीले बताएको छ। ‘एक्टिभ’ प्ल्याटफर्ममा आधारित नयाँ पन्च ईभीमा १ सय ९५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ५ स्टार एनक्याप सुरक्षा रेटिङ, ६ एयरब्याग, ३६० डिग्री क्यामरा, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल होल्ड एसिस्ट, टायर प्रेसर मनिटरिङ सिस्टम, आईएसओफिक्स चाइल्ड सिट माउन्ट र हाइ–बिम एसिस्टजस्ता सुविधा छन्।

त्यस्तै यसमा १०.२५ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन, डिजिटल ड्राइभर डिस्प्ले, वायरलेस चार्जिङ, भेन्टिलेटेड सिट, एम्बियन्ट लाइट र कनेक्टेड कार टेक्नोलोजी समावेश छन्। गाडीको बुट स्पेस ३ सय ६६ लिटर रहेको छ।

किफायती मूल्यमा टियागो ईभी

त्यस्तै टाटाले टियागो ईभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ राखेको छ भने टप भेरियन्टको मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकेको छ। सहर केन्द्रित र किफायती विद्युतीय सवारी चाहने ग्राहकलाई लक्षित गर्दै यो मोडेल ल्याइएको हो।

टियागो ईभीमा २४ किलोवाट आवर क्षमताको लिथियम–आयन ब्याट्री छ। यसको विद्युतीय मोटरको क्षमता ५५ किलोवाट छ र मोटरले १ सय १४ एनएम टर्क उत्पादन गर्छ। गाडीमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो, एप्पल कारप्ले, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल र मल्टिफङ्सन स्टेयरिङ उपलब्ध छन्।

नयाँ अपहोल्स्ट्री र परिमार्जित इन्टेरियर डिजाइनले क्याबिनलाई थप आधुनिक बनाइएको कम्पनीले जनाएको छ। सुरक्षाका लागि डुअल एयरब्याग, एबीएस, ईबीडी, रियर पार्किङ सेन्सर, रिभर्स क्यामेरा, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ३६० डिग्री एचडी क्यामेरा र अपडेटेड डिजिटल ककपिट दिइएको छ।

वारेन्टी, चार्जिङ र सेवा पूर्वाधार

एक्स्पोमा दुवै मोडेल बुकिङ गर्ने ग्राहकलाई वितरक सिप्रदीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी सुविधा दिएको छ। एक्स्पोका अवसरमा ग्राहकलाई विशेष अफर ल्याइएको र पन्च तथा टियागो ईभी फरक आवश्यकता र बजेटका ग्राहकलाई लक्षित गरेर बजारमा ल्याइएको सिप्रदी ट्रेडिङका डुपुटी सेल्स म्यानेजर अर्जुन उप्रेतीले बताए।

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठले आधुनिक प्रविधिसहितका ईभी नेपालमा भित्र्याउन कम्पनी प्रतिबद्ध रहेको र नयाँ मोडेलले विद्युतीय सवारीप्रतिको सो प्रतिबद्धता अझ पुष्टि गर्ने बताए।

सिप्रदीले ईभी बिक्रीसँगै चार्जिङ र सर्भिस पूर्वाधार विस्तारलाई पनि अघि बढाइरहेको छ। हाल २१ भन्दा बढी ईभी सर्भिस सेन्टर, ४० डीसी चार्जिङ प्वाइन्ट र १ सय ५० भन्दा बढी एसी चार्जिङ प्वाइन्ट सञ्चालनमा रहेको कम्पनीको भनाइ छ। बिक्रीपछिको सेवा र चार्जिङ पूर्वाधार विस्तारले विद्युतीय सवारी प्रयोगमा ग्राहकलाई थप सहजता र विश्वास दिलाउने कम्पनीले अपेक्षा गरेको छ।