मुख्य सामग्रीमा जानुहोस्

रोड्रीको बार्सिलोना यात्रा तय, साढे ६ करोड पाउन्डमा चार वर्षे सम्झौता

स्पेनिस विश्वकप विजेता रोड्री बार्सिलोनामा अनुबन्धित भएका छन् । करिब ६ करोड ५० लाख पाउन्डमा उनी चार वर्षका लागि क्लबमा आबद्ध भएका हुन् ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
रोड्रीको बार्सिलोना यात्रा तय, साढे ६ करोड पाउन्डमा चार वर्षे सम्झौता
Online Khabar

स्पेनका विश्वकप विजेता मिडफिल्डर रोड्री अब बार्सिलोनाका खेलाडी बनेका छन् । क्लबसँगको चार वर्षे सम्झौतामा हस्ताक्षर गरेसँगै उनी सन् २०१९ यता पहिलोपटक स्पेनिस फुटबलमा फर्किएका हुन् ।

बार्सिलोनाले रोड्रीका लागि करिब ६ करोड ५० लाख पाउन्ड शुल्क तिर्ने सहमति जनाएको छ । सन् २०१९ मा एथ्लेटिको म्याड्रिड छाडेर म्यानचेस्टर सिटी पुगेका उनी अब पुनः स्पेन फर्किएका हुन् ।

नयाँ यात्राबारे रोड्रीले आफू निकै खुसी र उत्साहित रहेको बताएका छन् । उनले आफ्नो करियरको नयाँ चरणलाई नयाँ चुनौतीका रूपमा लिएको र नयाँ अनुभवको अवसर पाएको उल्लेख गरे ।

उनले अत्यन्तै महत्वाकांक्षी क्लबमा आएको भन्दै यस सिजन टोलीका उद्देश्य पूरा गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

रोड्रीले म्यानचेस्टर सिटीमा सात सिजन बिताएका थिए । यस अवधिमा उनले २९८ खेल खेल्दै १२ ठूला उपाधि जिते । जसमा चार प्रिमियर लिग, दुई एफए कप, तीन इएफएल कप र सन् २०२३ को च्याम्पियन्स लिग उपाधि समेटिएका छन् ।

सिटीमा बिताएका पछिल्ला दुई सिजन भने चोटका कारण उनका लागि सहज रहेनन् । तर विश्वकपमा उनी उत्कृष्ट लयमा फर्किए । स्पेनले दोस्रोपटक विश्वकपको उपाधि उचाल्दा रोड्री प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिएका थिए ।