मुख्य सामग्रीमा जानुहोस्

चापागाउँ दोबाटोबाट जुवातास खेलिरहेका पाँच जना पक्राउ, ६४ हजार ९ सय नगद बरामद

सोमबार राति ललितपुरको चापागाउँ दोबाटोबाट जुवातास खेलिरहेका पाँच जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूबाट ६४ हजार ९ सय रुपैयाँ नगद बरामद गरेको छ। पक्राउ परेकाहरूको थप अनुसन्धान भइरहेको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

३पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
चापागाउँ दोबाटोबाट जुवातास खेलिरहेका पाँच जना पक्राउ, ६४ हजार ९ सय नगद बरामद
Online Khabar

भदौ २, काठमाडौं । ललितपुरको चापागाउँ दोबाटोबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सातदोबाटो बस्ने तथा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ घर भएका ६० वर्षीय जयप्रकाश कार्कीसमेत पाँच जना रहेका छन्।

सातदोबाटो प्रहरी वृत्तको टोलीले उनीहरूलाई सोमबार राति नगद ६४ हजार ९ सय रुपैयाँसहित नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट सो रकम बरामद भएको छ।

पक्राउ परेकाहरूलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ। थप कारबाहीका लागि मंगलबार जिल्ला प्रशासन कार्यालयबाट म्याद थप्ने तयारी गरिएको छ।