मुख्य सामग्रीमा जानुहोस्

गुठीको अतिक्रमित जग्गा खाली गराउन जनकपुरधाममा डोजर परिचालन

जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गराउन डोजर परिचालन गरिएको छ। पहिलो चरणमा पहिचान भएका ५० पोखरीलाई अतिक्रमणमुक्त गराइने योजना छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
गुठीको अतिक्रमित जग्गा खाली गराउन जनकपुरधाममा डोजर परिचालन
Online Khabar

जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गराउने काम भदौ ६ देखि सुरु भएको छ। पहिलो चरणमा अतिक्रमित पोखरीका किनार खाली गराउन डोजर चलाइएको हो।

जनकपुरधाम उपमहानगरपालिका–६ स्थित गिरनारी पोखरीको अतिक्रमित डिलबाट खाली गराउने काम अघि बढाइएको छ। गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिले यसअघि नै अतिक्रमित क्षेत्र खाली गर्न सूचना जारी गरिसकेको जनाएको छ।

समितिका सदस्य सचिव जनक पोखरेलका अनुसार भदौ ६ मा जनकपुरका सात वटा पोखरीको अतिक्रमण हटाइने छ। उनले गत साउन १ गते नै अतिक्रमित ठाउँ खाली गर्न सूचना जारी भइसकेको जानकारी दिए।

पहिलो चरणमा पहिचान भएका ५० वटा पोखरीलाई अतिक्रमणमुक्त गराउने योजना रहेको उनको भनाइ छ। पोखरी र मन्दिर परिसरलाई प्राथमिकता दिँदै चरणबद्ध रूपमा अन्य अतिक्रमण हटाउने कार्ययोजना तयार पारिएको बताइएको छ।

अतिक्रमण हटाउने क्रममा २०६२ सालमा जनकपुरको गुठीको अतिक्रमित जग्गा पत्ता लगाउन गठन भएको भोजराज घिमिरे नेतृत्वको कार्यदलको प्रतिवेदनलाई आधार मानिएको छ।