मुख्य सामग्रीमा जानुहोस्

गरिमा चौधरी प्रकरणमा आमा–बुबासँग गृहमन्त्रालयमा छलफल

गृहमन्त्री सुधन गुरुङसहितको टोलीले गरिमाका आमा मानमती चौधरी र बुबा मनोज चौधरीसँग छलफल थालेको हो। यसका लागि आजै दिउँसो उनीहरू सिमराबाट काठमाडौं आइपुगेका थिए।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
गरिमा चौधरी प्रकरणमा आमा–बुबासँग गृहमन्त्रालयमा छलफल
Online Khabar

बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा–बुबासँग गृहमन्त्रालयमा छलफल थालिएको छ। न्यायका लागि राजधानी आएका उनीहरूसँग अहिले गृहमन्त्री सुधन गुरुङसहितको मन्त्रालयीय टोली वार्तामा बसेको हो।

छलफलमा गरिमाकी आमा मानमती चौधरी र बुबा मनोज चौधरी सहभागी छन्। उनीहरू आज दिउँसो सिमरा विमानस्थलबाट काठमाडौं आइपुगेका थिए। उनीहरूसँगै केही स्थानीय अभियन्ता पनि राजधानी आएका छन्।

छलफलमा सहभागी हुन कृषिमन्त्री गीता चौधरी पनि गृहमन्त्रालय पुगेकी छिन्।

गरिमाको न्यायका लागि बारा, काठमाडौंलगायत देशका विभिन्न ठाउँमा प्रदर्शन जारी छ। घटनापछि सार्वजनिक आक्रोश बढ्दै गर्दा सरकारले पीडित परिवारसँग संवाद थालेको हो।