भदौ १०, स्याङ्जा । इस्लाम धर्मका संस्थापक तथा प्रवर्तक हजरत मोहम्मदको १५०१औं जन्मदिनका अवसरमा स्याङ्जाका चार नगरपालिकाले आज बुधबार सार्वजनिक बिदा घोषणा गरेका छन्।
पुतलीबजार, भीरकोट, वालिङ र गल्याङ नगरपालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै आज सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्। जिल्लामा रहेका ११ स्थानीय तहमध्ये यी चार पालिकाले हजरत मोहम्मदको जन्मदिनको अवसरमा बिदा दिएका हुन्।
स्थानीय तहहरूले जारी गरेको सूचनाअनुसार बुधबार आन्तरिक प्रशासन तथा सेवाप्रवाहलाई ध्यानमा राखेर सार्वजनिक बिदा दिइएको हो।







