१३ भदौ, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले बाढी प्रभावित जिल्लाहरूमा राहत सामग्री पुर्याउन आवश्यक सवारी साधनको व्यवस्थापन थालेको छ। यसका लागि महासंघले आफ्ना सदस्यहरूसँग पिकअप, मिनी ट्रकलगायतका सवारी साधन उपलब्ध गराउन आग्रह गरेको छ।
सवारी साधन पूर्वाधार विकास मन्त्रालयसँग समन्वय गरेर मानवीय सहायता पुर्याउने काममा प्रयोग गरिने महासंघले जनाएको छ। रसुवा र नुवाकोटसहित बाढी प्रभावित जिल्लामा सहयोग सामग्री लैजान ती साधन खटाइने महासंघको भनाइ छ।
महासंघले सवारी साधन उपलब्ध गराउन चाहने सदस्यहरूलाई महासचिव शिवहरी घिमिरे, उपमहासचिव मंगलबहादुर शाही, कार्यालय प्रमुख प्रेम सिंह ऐर तथा हेल्लो महासंघका अभिनय दाहाललाई सम्पर्क गर्न सूचित गरेको छ।







