काठमाडौंको पेप्सीकोलामा रहेको एउटा कटेजमा मध्यराति आगलागी भएको छ। काठमाडौं महानगरपालिका–३२ को पेप्सीकोला फुटबल ग्राउन्ड नजिकै अवस्थित सो कटेजमा राति साढे १२ बजेतिर आगो सल्किएको हो।
प्रहरी वृत्त काँडाघारीका असई रमेश ओलीका अनुसार कटेजमा विद्युत् सर्ट भएर आगलागी भएको हो। आगलागीको सूचना पाएपछि दमकल र प्रहरीको टोली घटनास्थल पुगेको छ।
आगो नियन्त्रणमा लिन दमकलले प्रयास जारी राखेको असई ओलीले बताए। दमकलसँगै प्रहरीको टोली पनि आगो निभाउने काममा परिचालित छ।
यसबीच कटेजका सञ्चालक भने प्रहरीको सम्पर्कमा आइसकेका छैनन्। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।







