मुख्य सामग्रीमा जानुहोस्

गुल्मीको भुल्केमा सल्लाका रुख एकाएक ढल्दा ३० परिवार विस्थापित

गुल्मीको चन्द्रकोट गाउँपालिका–३ भुल्केमा रहेको सामुदायिक वनका सल्लाका रुख शनिबारदेखि एकाएक ढल्न थालेका छन् । जोखिम बढेपछि नजिकैको थप्लुङ भुल्के बस्तीका ३० घरपरिवारले घर छाडेर आफन्तकहाँ आश्रय लिएका छन् ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:eKantipur
गुल्मीको भुल्केमा सल्लाका रुख एकाएक ढल्दा ३० परिवार विस्थापित
eKantipur

गुल्मीको चन्द्रकोट गाउँपालिका–३ भुल्केस्थित बार्जिङ सामुदायिक वनका सल्लाका रुख एकाएक ढल्न थालेपछि नजिकै रहेको थप्लुङ भुल्के बस्तीका ३० घरपरिवारले घर छाडी आफन्तकहाँ आश्रय लिन बाध्य भएका छन् ।

शनिबार दिउँसोदेखि नै वनमा छिटपुट सल्लाका रुख ढल्न सुरु भएका थिए । त्यसपछि बिस्तारै पहिरोका रूप लिँदै ठूलो परिमाणमा रुख ढलेकाले बस्तीमाथिको जोखिम बढेको हो ।

निरन्तरको वर्षाका कारण पहिरोले रुख ढाल्ने, ठूला ढुंगा खस्ने र पहिरो बस्तीसम्मै पुग्न सक्ने अवस्था रहेकाले स्थानीयलाई सुरक्षित स्थानतर्फ जान सुझाव दिइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिए ।

रातको समयमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै नजिकको बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीले बताए । बस्तीका स्थानीय आफैँ स्वतःस्फूर्त रूपमा आफन्त तथा छिमेकीकहाँ आश्रय लिएको र छुट्टै व्यवस्थापन गरिहाल्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।