मुख्य सामग्रीमा जानुहोस्

नयाँ इतिहास रच्ने बल लिएर युवामाझ जान्छौं : सभापति गगन थापा

सभापतिमा पुनः निर्वाचित भएलगत्तै पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर गगन थापाले सम्बोधन गरेका छन् । आफूहरू विगतलाई रटेर नबस्ने र नयाँ इतिहास आफैं रच्ने उनको भनाइ छ । उनले कांग्रेसलाई किसान, उद्यमी तथा वैदेशिक…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
नयाँ इतिहास रच्ने बल लिएर युवामाझ जान्छौं : सभापति गगन थापा
Online Khabar

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीसँग गौरवशाली इतिहास भए पनि आफूहरू त्यसको ब्याज खान नआएको र इतिहास रटेर मात्र नबस्ने बताएका छन् । सभापतिमा पुनः निर्वाचित भएपछि पार्टीको केन्द्रीय कार्यालय सानेपा पुगेर सम्बोधन गर्दै उनले नयाँ इतिहास आफैं रच्ने बल अधिवेशनले दिएको जनाए ।

आफूहरू नौजवानको बीचमा गएर नेपाली कांग्रेसको गौरवशाली इतिहासको कुरा राख्ने उनको भनाइ थियो । तर विगतको ब्याज खान वा इतिहास रटेर बस्न होइन, नयाँ इतिहास रच्ने तागत लिएर अधिवेशनबाट फर्किएको भन्दै उनी युवा साथीहरूका बीचमा जाने बताए ।

सभापति थापाले नेपाली कांग्रेसलाई किसान, उद्यमी र वैदेशिक रोजगारीमा गएका युवाले पनि आशा र भरोसा गर्ने पार्टीका रूपमा विकसित गर्ने प्रतिबद्धता जनाए । किसानले आफ्नो विषय उठाइदिने पार्टीका रूपमा कांग्रेसलाई चिन्ने, उद्यमीले खोसिएको अवसर फेरि दिलाइदिने पार्टीका रूपमा चिन्ने र विदेशिएका युवाले आफ्नो घर तथा परिवारको सवाल उठाइदिने पार्टी नेपालमा छ भनेर भरोसा गर्ने अवस्था बनाउने उनले बताए । त्यस्तो पार्टी आफूहरू बनाउने उनको भनाइ थियो ।

२४ असोजमा सानेपामा आयोजित कार्यक्रममा सभापति थापाले यी कुरा राखेका हुन् ।